धरान ; सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी तथा सुनसरी उद्योग वाणिज्य सङ्घका वस्तुगत संस्थाका प्रतिनिधिहरूबिच इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेको बिदाइ गरिएको छ ।

न्यौपानेको १३ महिना धरान बसाइँको क्रममा धरानवासीहरूलाई पुर्‍याएको सेवाका लागि सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले सङ्घ र धरानका व्यवसायीहरूका तर्फबाट आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा डिएसपी ढुण्डिराज न्यौपानेले १३ महिना अत्यन्तै छोटो रूपमा व्यतीत भएको बताए । डिएसपी न्यौपानेले “धरानमा काम गर्नु अत्यन्तै गाह्रो हुने यदाकदा चर्चा हुने गरेको पाइए पनि त्यो भन्दा फरक धरानवासीको साथ र सद्भावले अत्यन्तै सहज महसुस गरेको छु भने । यो १३ महिना मलाई १३ दिन जस्तो छोटो महसुस भयो । डिएसपी न्यौपानेले “सुरुमा धरान आउँदा सबैलाई चिन्न गाह्रो भए पनि आजको बिदाइ कार्यक्रममा सबैको माया पाउँदा आफूलाई गौरन्वान्वित महसुस गरेको र जिम्मेवारी बढेको महसुस गरेको बताए ।

सङ्घका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष लगायत वस्तुगत संस्थाका अध्यक्षहरूले डिएसपी न्यौपानेलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।