धनकुटा : धनकुटामा सरकारले जारी गरेको लकडाउनयता कोरोना नियन्त्रणका लागि करिब ३ करोड खर्च भएको छ ।

कोरोना नियन्त्रणका लागि धनकुटामा हालसम्म २ करोड ९८ लाख १९ हजार ३ सय ८९ रुपैयाँ खर्च भएको हो । जसमा चौबिसे गाउँपालिकामा ४३ लाख ५० हजार, साँगुरी गढी गाउँपालिकामा २५ लाख २६ हजार, सहिद भूमि गाउँपालिकामा ३३ लाख र जोरपाटी गाउँपालिकामा ४९ लाख रहेको छ ।

यस्तै महालक्ष्मी नगरपालिकामा ४२ लाख, पाख्रिबास नगरपालिकामा ३३ लाख ५४ हजार र धनकुटा नगरपालिकामा ७१ लाख ८२ हजार ३ सय ८९ रुपैयाँ खर्च भएको छ । सो रकमले स्थानीय तहले स्वास्थ्य सामाग्री खरिद, क्वारेनटाइन निर्माण र राहत वितरणमा खर्च गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।