धरान : सप्तरी जिल्लामा फेरी थप बिहीबार १३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

उनका अनुसार नयाँ थपिएका सङ्क्रमितहरू हनुमान नगर नगरपालिकाका ६ जना, छिन्नामस्त नगरपालिकाका ५ जना, राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाका १,१ जना गरी जम्मा १३ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमित सबै जना पुरुष रहेको जनाइएको छ । उनीहरू सबै जना भारतबाट आएका हुन् ।