धरान : धरान उपमहानगरपालिकाले फाल्गुण मसान्त भित्र खानेपानी संस्थानलाई बोर्डमा मर्जगरी सम्पूर्ण व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बुधवारको सातौँ नगरसभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुबेदीले प्रस्तुत गरेको बजेटको सारंसमा विगतको नगर सभाबाट २०७६ फाल्गुण मसान्त भित्र खाने पानी संस्थानलाई बोर्डमा मर्ज गरी सम्पूर्ण व्यवस्थापन गर्ने निर्णय गरेका उल्लेख गरिएको छ ।

खानेपानी संस्थान धरान शाखाको सम्पत्ति मूल्याङ्कन भई आईसकेको र २०७६ मङ्सिर ७ गतेको खानेपानी मन्त्रीको अध्यक्षतामा बसेको बैठकबाट संस्थानका कर्मचारीहरूको दायित्व बोर्डमा आईसकेको सन्दर्भमा अव खानेपानी संस्थान धरान शाखाका कर्मचारीहरू मध्ये बोर्डमा आउन चाहनेहरूलाई आषाढ मसान्तभित्र बोर्डमा हाजिर गराइने छ ।

बाँकी रहेका दुवै संरचनालाई एकीकरण गरी २०७७ श्रावण १ गते देखि खानेपानी व्यवस्थापनका सम्पूर्ण कार्यहरू खानेपानी बोर्ड मार्फत सञ्चालन गरिनेछ ।