२३२ जना नयाँ कोरोना सङ्क्रमित थपिए, कुल सङ्क्रमितको सङ्ख्या १५,४९१ पुग्यो प्रदेश १ मा मात्रै १२ जना थपिए

  • असार २०, २०७७
  • १६३ पटक पढिएको
  • कपुरी न्युज
alt

धरान : पछिल्लो २४ घण्टामा देशभरका विभिन्न जिल्लामा २ सय ३२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका नयाँ सँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १५ हजार ४ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । सङ्क्रमितमध्ये ६ हजार ४ सय १५ जना उपचारपछि घर फर्किएका छन् ।

यसै गरी प्रदेश १ मा शनिवार १२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पिसिआर परीक्षणको क्रममा मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला र २ पुरुष, सुन्दरहरैचामा १ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, झापाको कचनकवलमा ४ पुरुष, कनकाईमा १ पुरुषमा सङ्क्रमण देखिएको छ ।

यसै गरी, इलामको देउमाईमा १ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ६५ पुगेको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved