धरान : सुनसरीको रामधुनी नगरपालिकाका एक जना पुरुषमा आज कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।

रामधुनी नगरपालिकाको क्वारेनटाइनमा रहेका उनको पिसिआर परीक्षण धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको हो ।

यो सङ्क्रमित सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । सुनसरीमा कुला सङ्क्रमित मध्ये ७५ जना निको भएर घर फर्किसकेका छन् भने १८ जना अझै उपचाररत रहेका छन् ।