धरान : तपाई काम विशेषले बजार जाँदै हुनुहुन्छ ? त्यस्तै नगई नहुने र अपर्झट मोटर साइकलमा हिडनु पर्ने भयो भने मास्क अनिवार्य लगाउनुस् । धरान प्रहरीले मास्क विना हिँडडुल गर्नेलाई पक्राउ गरी कारबाही गर्न थालेको छ । तपाई पनि प्रहरी कारबाहीमा पर्नुहोला ।

गत सोमबार गृह मन्त्रालयले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेसङै सुनसरीमा पनि मास्क नलगाउनेहरूलाई धमाधम प्रहरीले कारबाही गर्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले अत्यन्त जरुरी सुचनानै जारी गरेपछि अहिले धरानमा मास्क विना हिँडडुल गर्नेलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यो क्रममा आज धरान प्रहरीले ८४ जना मास्क नलगाई हिँड्नलाई पक्राउ गरी कारबाही गरी छाडेको छ ।

धरानको भानु चौकमा रहेको वडा प्रहरी कार्यालयको हाता भित्र बिहान ६ बजे देखि ९ बजे सम्म नियन्त्रणमा लिई कोरोना विशेष स्वास्थ्य जानकारी दिई घर पठाएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

पहिलो चरणमा सम्झाई बुझाई मात्रै गरेर घर फर्काउँदै छौ । यदि अवस्था त्यस्तै सिर्जना भयो र अटेर गरेमा मास्क नलगाई हिडनेहरुलाई प्रहरीले पक्राउ गरी सङ्क्रमण रोग नियन्त्रण ऐन २०२० बमोजिम कारबाही गरिने पनि डिएसपी बस्नेतले बताए ।

पछिल्लो समय धरानमा बजार पसल खुले सँगै सर्वसाधारणको आउजाउ पनि बढेकोले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी धरानमा मास्क अनिवार्यलाई कडाइका साथ लागु गर्ने धरान प्रहरीले बताएको छ ।

धरान उपमहानगरपालिकाले पनि आज देखि अनिवार्य मास्क लगाउनका लागि भन्दै आज देखि माइकिङ गर्ने तयारी गरेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

Mask-Police-opretion Mask-Police-opretion-1 Mask-Police-opretion-3Mask-Police-opretion-6 Mask-Police-opretion-5