धरान : समाजवादी पार्टीको   प्रतिनिधित्व गरिरहेकी सांसद सांसद सरिता गिरीलाई बिहीवार पदबाट हटाइएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३६ को उपदफा ९२० र प्र.स को नियामावली, २०७५ को नियम २१२ को उपनियम ९३० बमोजिम निर्वाचन आयोगलाई   संसद सचिवालयले गिरीको पद गुमेको जानकारी गराई सकिएको छ ।

संघीय संसद सचिवालयले समाजवादी पार्टीले दलको ‘ह्विप’ उल्लंघन गरेको आरोपमा गिरीलाई निष्कासन गरिएको जानकारी आयोगलाई दिएको थियो ।बिहीबार संसद सचिवालयका महासचिव डा .भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गरेकाछन ।

सरकारले केही समयअघि जारी नेपालको नयाँ प्रशासनिक नक्साको गिरीले विरोध गरेकि थिइन ।  गिरीले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा गरिएको हो ।sarita-paper