धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनबाट आज १० जना डिस्चार्ज भएका छन् ।

आज कोरोना जितेर घर फर्किनेहरूमा झापाका १० जना मध्ये ३ जना पुरुष र ७ जना महिला रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । आज डिस्चार्ज भएकाहरुमा ४ बर्षिय बालक सहित ४७ बर्ष उमेर समुहका रहेको जनाईएको छ ।

स्वास्थ्य प्रोटोकल अनुसार डिस्चार्ज भएकाहरूको पछिल्लो पिसिआर परीक्षणमा कोरोना नभएको कोरोना नेगेटिभ रिपोर्ट आएको कारण उनीहरूलाई अस्पतालले घर पठाएको जनाइएको छ ।

यो सँगै प्रतिष्ठानबाट डिस्चार्ज हुनेको सङ्ख्या २ सय २७ पुगेको छ । अझै पनि प्रतिष्ठानको आइसोलेसन वार्डमा ३५ जना कोरोना सङ्क्रमित उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ ।