धरान : धरान उपमहानगरपालिकाले धरान–८ स्थित नयाँ बसपार्कबाट सञ्चालन हुने ट्याम्पो तथा ई–रिक्सा सिटी सफारीको नयाँ एकतर्फी भाडा दर शुक्रवार सार्वजनिक गरेको छ । 
बसपार्क देखि धरानका २० वटै वडा जाने नयाँ भाडा दर यात्रुको सहजता र एकरूप भाडा प्रणाली लागू गरिएको जनाइएको छ । बसपार्कबाट विभिन्न ठाउँका लागि न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ ।
सार्वजनिक भाडा दर अनुसार ट्याम्पोमा स्मार्ट बसपार्कदेखि भानु चोकसम्म ३० रुपैयाँ, फुस्रे ६० रुपैयाँ, छोपा,रेल्वे,मङ्गलवारे,तल्लो र माथिल्लो पानबारी ५० रुपैयाँ, फोक्ल्याण्ड,चोक्टी  तथा विजयपुर चोक देखि दन्तकाली मन्दिर ६० रुपैयाँ र पिण्डेश्वर मन्दिर देखि बुढासुब्बा मन्दिरसम्म ७० रुपैयाँ भाडा तोकिएको छ। रिजर्भ भाडा भने दूरीअनुसार १०० देखि २०० रुपैयाँसम्म निर्धारण गरिएको छ।
त्यस्तै सिटी सफारीको भाडा दर अनुसार भानु चोकसम्म ३० रुपैयाँ, घोपा क्षेत्र ५० रुपैयाँ, रेल्वे,फोक्ल्याण्ड,करडेपुल, चौतारी तथा विजयपुर चोक र दन्तकाली मन्दिर ६० रुपैयाँ, मङ्गलवारे, माथिल्लो पानबारी र बगरकोट ५० रुपैयाँ, देउराली (माथिल्लो) र खैरेनी ४० रुपैयाँ,देउराली तल्लो,महादेव चोक र श्याम चोक ३० रुपैयाँ तथा पिण्डेश्वर मन्दिर र बुढासुब्बा मन्दिरसम्म ७० रुपैयाँ कायम गरिएको छ। ई–रिक्साको रिजर्भ भाडा १०० देखि २०० रुपैयाँसम्म तोकिएको छ।
bhada-dar