धरान : धरान-१२ स्थित धरान नोबेल कलेजले आफ्ना विद्यार्थीबिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
कलेजको आफ्नै सेमिनार हलमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। "शिक्षाको गुणस्तर : समृद्ध नेपालको पूर्वाधार" शीर्षकमा आयोजित प्रतियोगिताको सञ्चालन मणिराज राईले गरेका थिए।
प्रतियोगिताको निर्णायकमा डा. मोहनप्रसाद पोखरेल र मनोज घिमिरे रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा डा. तुलसी थापा तथा उपप्राध्यापक विशाल पराजुली, उपप्राध्यापक ईश्वर ताम्रकार, शिक्षिका सुस्मिता राजवंशीलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा सेविका लिम्बू प्रथम, अमित यादव द्वितीय, सुजता लिम्बू तृतीय तथा अभिलाषा राई र आइष्मा राईले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
कलेजले आगामी दिनमा नियमित पठनपाठनसँगै विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापलाई पनि निरन्तर प्राथमिकता दिने जनाएको छ।








































































