धरान : धरान–१८ आदर्श मार्गको गोल्डेन लाइफ होटल एण्ड लजबाट प्रहरीले प्रतिबन्धित औषधिसंगै बिरामीसँग सम्बन्धित कागजात बरामद गरेको छ ।

औषधि पसल अनुगमनका क्रममा होटलबाट लोरि १ का १२७ ट्याब्लेट, लोरि २ का ३७८ ट्याब्लेट, भिबलका १३ क्याप्सुल, मिजोभिना ५ एमलएल १ सिसी तथा नोटो फोल डि ९ क्याप्सुल बरामद गरिएको हो ।

यसैगरी एक थान नेपाली राहदानी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १३८ थान बिरामी पुर्जी, ७ थान स्वास्थ्य बीमा कार्ड र २ थान नेपाली नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका औषधि तथा कागजातहरू आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।