धरान : रूपान्तरण नेपाल सुनसरीको आयोजनामा प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमको सहयोगमा धरानमा शुक्रवार मिडिया कानुन सम्विन्धी कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए भने धरानका संचारकर्मीहरुलई सञ्चार सामाग्री समेत वितरण गरिएको थियो ।

कार्यक्रममा ब्लाष्ट टाईम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीले मिडिया कानुनको बारेमा सञ्चार कर्मीहरूलाई सहजीकरण गरेका थिए ।