धरान : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठलाई ९ लाख घुस सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इटहरीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठले निर्माणाधिन सिँचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट  नौ लाख चौतीस हजार घुस लिएको अवस्थामा जिल्ला खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१ स्थित वेसक्याम्प भित्र रहेको निजकै निवासबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।

श्रेष्ठ माथि थप अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।