धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

आज दिउसो विराटनगरको कोसी कोभिड अस्पतालबाट सिकिस्त अवस्थामा बीपीमा एम्बुलेन्स चालकको साथमा पठाइएको थियो । उनको आज पानै ५ बजे भेन्टिलेटरमा उपचाररत अवस्थामा मोरङका ४५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा यस अघि २ जनाको मृत्यु भइसकेको र आज मृत्यु हुने प्रदेश १ को पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।