भोलिदेखि धरानमा अतिआवश्यक बाहेकका पसल बिहान ९ देखि ५ बजे सम्म मात्रै खुल्ने धरान प्रवेश गर्ने नाकाहरूमा उच्च सतर्कता अपनाइने

  • श्रावण १५, २०७७
  • १७३७ पटक पढिएको
  • कपुरी न्युज
alt

धरान : धरानमा पनि कोरोना समुदाय स्तरमै सङ्क्रमण भएको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउँदै भोलि शुक्रवार देखि लागु हुने गरी अत्यावश्यक पसल बाहेक अरू पसल बिहान ९ बजे देखि ५ बजे सम्म मात्रै खुल्ला हुने भएको छ ।

धरान उपमहानगरपालिकामा आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा, धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधि, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, धरानका सुरक्षा प्रमुखहरूको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

अत्यावश्यक वस्तुअन्तर्गत खाद्यान्न, तरकारी र औषधीको पसल सधैँ खुल्ला गर्ने र अन्यलाई बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र खोल्न दिइने निर्णय सर्वदलीय बैठकले गरेको हो ।

यसै गरी कोरोना सङ्क्रमित बिरामी बोक्ने एम्बुलेन्स र सङ्क्रमणबाट मृत्यु भएका मृतक बोक्ने शव वाहन व्यवस्थापनका लागि भोलि बिहान ११ बजे पुनः बैठक बसेर निर्णय गरिने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए । आज साँझ सम्ममा सर्वदलीय बैठकले निर्णय गरिएको विषयमा जानकारी दिँदै माइकिङ गर्ने र धरान प्रवेश गर्ने सबै नाकामा उच्च सतर्कता अपनाइने बताइएको छ ।

धरान बाहिरबाट आउने सिटी सफारी र ट्याम्पोलाई धरानमा प्रवेश गर्न नदिने र ट्याम्पो, सिटी सफारीहरूमा कत्तिको स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिएको छ ? यसबारेमा अनुगमन पनि गरिने भएको छ ।
आज बसेको सर्वदलीय बैठकले निर्णय गरेको विषयमा धरान उपमहानगरपालिकामा कडाइका साथ लागु गर्ने र गराउने बताइएको छ ।

Sarbadaliya-baithak-2 Sarbadaliya-baithak-Nirnaya

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved