धरानमा मङ्गलवार देखि समुदायमा पिसिआर परीक्षण सुरु गर्ने निर्णय ५ सय जनाको पिसिआर परीक्षणको तयारी, संक्रमित भेटिएको उद्योगको बारेमा के गर्ने भन्ने बारेमा छलफल हुँदै

  • श्रावण १८, २०७७
  • १२४६ पटक पढिएको
  • कपुरी न्युज
alt

धरान : धरानमा मङ्गलवार देखि रेनडोम मास टेस्टिङ समन्वय समितिले समुदायमा गएर पिसिआर परीक्षण सुरु गर्ने भएको छ ।

यो समितिले धरानमा समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण भएको छ की छैन ? भनेर सम्भावित जोखिम क्षेत्र र स्थानका समुदायलाई कोरोना परीक्षणको दायरामा प्रत्येक वडाबाट तथ्याङ्क तयार गरी २० वटै वडाबाट २ सय जना भनिएकोमा अव बढाएर ५ सय जनाको कोरोना परीक्षण गरिने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

समितिको आज धरान उपमहानगरपालिकामा बसेको बैठकले सो निर्णय गरेको हो । कोरोना सङ्क्रमणको जोखिम क्षेत्र, स्थान र व्यक्तिको पहिचान गरी उनीहरूलाई कोरोनाको परीक्षण गराई ६ दिन भित्र उनीहरूको स्वाबको नमुना लिई सक्ने गरी काम गर्ने तयारी भएको छ ।

यो समितिको तथ्याङ्क अनुसार परीक्षण गरिएका व्यक्तिहरूमा कोरोना सङ्क्रमण भएको पाइएमा धरान उपमहानगरपालिकाले पनि त्यही अनुसार कोरोना नियन्त्रण र न्यूनीकरणमा भूमिका निर्वाह गर्ने र निर्णय गर्नेछ । धरान १३ का कोरोना संक्रमित युवा काम गरेको धरान औद्योगिक क्षेत्रको प्रीति भल्भ एन्ड फिटिङ्ग्स प्रा.ली.मा कार्यरत कर्मचारी र उनीहरूको परिवारमा गरी ५ जनामा कोरोना सङ्क्रमण देखिएकोले समुदायमा कोरोना सङ्क्रमणको जोखिम बढेको बताएको छ ।

प्रीति भल्भ एन्ड फिटिङ्ग्स प्रा.ली.मा कार्यरत कर्मचारी र उनीहरूको परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो उद्योगका सञ्चालकको पनि स्वाब लिइएको छ ।

उद्योगमा कार्यरतहरूमा कोरोना सङ्क्रमण भएपछि सो उद्योगलाई के गर्ने भन्नेबारेमा इलाका प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिका बिच छलफल भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् । कोरोनाको जोखिमलाई मध्यनजर गरी सिल पनि हुन सक्ने बताईएको छ । यो समाचार तयार पारुन्जेल सम्म भने कुनै आधिकारिक निर्णय भएको थिएन ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved