धरान : धरानमा हिजो देखि रेनडोम मास टेस्टसङ समन्वय समितिले गर्दै गरेको कोरोना परीक्षणको क्रममा अहिले सम्म ३ सय ५५ जनाको स्वाबको नमुना लिइएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संयोजकत्वमा गठित सो समितिले समुदायमा गएर समुदायमा कोरोनाको जोखिम क्षेत्रको पहिचान गरी समुदायमा कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । जस अनुसार हिजो देखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको हेल्प डेस्कमा स्वाब धमाधम लिइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । हिजो पहिलो दिन १ सय ३० जनाको स्वाब लिइएको थियो भने आज अहिले सम्म २ सय २५ जनाको नाम इन्ट्री भइसेको र साँझ सम्ममा ३ सय जना पुग्ने अनुमान गरेको प्रमुख मेहेताले बताए ।

धरान उपमहानगरपालिका भित्रको सम्भावित र जोखिम क्षेत्रका मानिसहरू ५ सय जनाको कोरोना परीक्षण गरिने निर्णय भएको थियो । भोलि देखि बाँकीको भने एन्फा क्वारेनटाइनमा स्वाब सङ्कलन गरिने प्रमुख मेहेताले बताएका छन् ।

PCR-Test-1