धरान : विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समिति लिम्बुवानले किरात यायोक्खासँग संवाद वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ।
आईतबार गठित समितिको संयोजकमा समितिका प्रवक्ता अमित थेबे रहेका छन्। सदस्यहरूमा हितराम तिल्लिङ (सहसचिव),विप्लव थोक्लेन,आरती नेम्वाङ र मदन सम्बाहाङ्फे रहेका छन्।
संरक्षण समिती र यायोक्खा बिच धरानमा ५ बजे देखि सम्वाद तथा वार्ता भइरहेको सङ्घर्ष समितिका संयोजक थेबेले बताएका छन् । 
सङ्घर्ष समितिले विजयपुर दरबार परिसर संरक्षणसँग सम्बन्धित विषयमा आवश्यक संवाद,समन्वय र वार्ताका लागि उक्त समिति गठन गरिएको जनाएको छ।