धरान : आर्टिफिसियल इन्टलिजेन्टको सङ्गीतमा बनाएको धरान सम्बन्धी एक गीतलाई उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले धरान गान हुनसक्ने अर्को गीत भएको बताउँदै प्रशंसा गरेका छन् ।

गीतकार रमेश चक्र खड्काको गीत अनलाइन विमोचन गर्दै उनले भने ‘यो गीत धरान गान हुन सक्थ्यो, तर धरान गान अनुमोदित भइसकेको छ, अनुमोदन नभएको भए यो नै धरानको गान हुन सक्थ्यो ।’

गीतले धरानको साँचो भाषा बोलेको, जातीय सद्भाव, सामाजिक एकता र सांस्कृतिक विविधतालाई समेटेको उनले बताए । विविधताको सम्मिश्रण नै धरानको सुन्दरताको खास पहिचान भएको उनले बताए ।

रचनाकार खड्काले आफ्नो सिर्जना व्यक्तिगत नभई सम्पूर्ण धरानेको भएको बताए । गीतमा शब्दमार्फत धरानको जातीय सद्भाव, सामाजिक एकता र सांस्कृतिक विविधतालाई समेट्ने प्रयास गरेको उनको भनाई छ ।