धरान : धरानमा आज बिहान थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाले गरेको मास टेस्टिङको क्रममा आज धरानमा थप ९ जनामा कोरोना सङ्क्रमण देखिएको हो । आज थपिएका कोरोना सङ्क्रमितहरूमा धरान १० का २ जना महिला १६ र २० वर्षीय युवती, धरान ६ का २७ वर्षका २ जना पुरुष, १३ नम्बर वडाका ३४ र ४३ वर्षीय २ जना पुरुष, धरान १५ का २९ वर्षीय पुरुष, धरान १६ का २७ वर्षीय पुरुष र धरान १९ मा ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

आज थपिएका ९ जना कोरोना संक्रमित सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५५ पुगेको छ । मास टेस्टिङको क्रममा धरानमा धरानमा अहिले सम्म १५ जनामा समुदाय स्तरमा लिइएको स्वाबमा कोरोना देखिएको हो । सङ्क्रमितहरूको थप विवरण आउन बाँकी रहेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।