धरान : नेपाल खानेपानी संस्थान बुटवल रुपन्देहीका कार्यालय प्रमुख (सातौ तह) इन्जिनियर सन्तोष साहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको छ।

विभिन्न सेवाग्राहीबाट घुस रकम उठाई काठमाडौं जाँदै गरेको सूचनाको आधारमा साहलाई अख्तियार केन्द्रीय कार्यालयको टोलीले धादिङबाट नियन्त्रणमा लिएको हो।

लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको धुनिबेंसी नगरपालिका वडा नम्बर -८ खानीखोलाबाट नियन्त्रणमा लिएको हो।

उक्त टोलीले साहको साथबाट २ लाख ३३ हजार ५ सय नगद र ८ लाख २२ हजारको चेक बरामद गरेको अख्तियार केन्द्रीय कार्यालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।