धरान : मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं- ७ स्थित सनराइज बैङ्कको शाखा कार्यालयमा कार्यरत ३० वर्षीय महिला कर्मचारी सनाज खतिवडाले बैकमा विषादी सेवन गरी आत्महत्या गरेकी थिइन ।। खतिवडाले आत्महत्या गर्नुअघि बाबुआमालाई लेखेको 'सुसाइड नोट 'प्रहरीले फेला पारेको छ ।

गत बुधवार बैङ्कको शौचालयमा लुवान नामक विषादीको बट्टा र विषादीको छेउमा ब्लेडले आफ्नो देब्रे हात काटिएको घाइते अवस्थामा देखेपछि बैकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । विष पिएर घाइते अवस्थामा भेटिएकी खतिवडाको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

सुसाइड नोटमा आमालाई सम्बोधन गर्दै उनले लेखेकिछिन :ममी मलाई माफ गरी दिनु । भन्न सुन्नलाई धेरै थियो । तर , मैले केही भन्नै सकिन । म सधैँ तपाइलाई रुवाएर बाँच्न सक्तिन ।मेरो भित्रको अँध्यारोले मलाई खाइ सक्यो । म केही उज्याले देख्न सक्तिन । म बाँचुन्जेल दुख दिएर जादैछु । तर मैले हार खाए । म जहाँ पनि हुनेछु यहाँ भन्दा शान्त हुनेछु । यति सम्झेर चिक्त बुझाइ दिनु होला ममी मलाई माफ गर दिनु ।

सुसाइड नोटमा बुबालाई सम्बोधन गर्दै उनले लेखेकिछिन : पापा मेलै केही भन्न सकिन तर मैले तपाइलाई धेरै माया गर्छु । सबैलाई निराश पारेकोमा माफी चाहन्छु ।s--note

 

उनले डायरीमा २ पेज 'सुसाइड नोट' लेखेकी थिइन । प्रहरीले बैङ्कको सि.सि.टिभी फुटेजद्वारा 'सुसाइड नोट' फेला पारेको थियो । उनले आफूले आफ्नै कारणले मृत्युको बाटो रोजेको र यस घटनामा कसैलाई पनि दोष नदिन र तमासा नबनाउन समेत लेखेकिछिन ।

बैङ्कमा आफ्ना बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको समेत ती युवतीले सुसाइड नोटमा उल्लेख गरेकी छन् । यस्तै विभिन्न बैङ्क तथा वित्तीय संस्थामा आफ्नो सेयर रहेको समेत रहेको दोस्रो सुसाइड नोटमा उल्लेख गरेको डिएसपी राईले बताए ।

खतिवडाको शव पोस्टमार्टमको रिपोर्ट नआएको बताएकाछन । खतिवडाको पोस्टमार्टमको रिपोर्ट पश्चात् भिसेरा परिक्षण् समेत गरिन बताएकाछन ।