धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगर महानगरपालिका १२ बस्ने ७० वर्षीय वृद्ध पुरुषको आज उपचारको क्रममा २ :१८ बजे मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएको र उनलाई म्याक्स हस्पिटल विराटनगरले बीपीमा रेफर गरेको थियो । उनलाई भदौ १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृतकको शव व्यवस्थापनका लागि स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।