धरान : अहिले सम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ८६ पुगेको छ । 

आज धरान १६ अन्नपूर्ण चौकका ५ जना ४२,६२,२४३७ बर्षीया महिला र ५७ बर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार उनीहरू यस अघि एउटै घरमा भाडामा बस्ने कोरोना सङ्क्रमितको कनट्र्याक्ट ट्रेसिङका हुन् । यसै गरी वडानं। ३ का ४७ र ५० बर्षीय २ जना पुरुष, वडानं। १९ का २४ र २७ बर्षीया २ जना महिला, धरान १५ का एन्फा क्वारेनटाइनमा बसेका ३२ बर्षीया महिला, धरान ९ का १ जना ५४ बर्षीय मेडिकल सञ्चालक पुरुष, बीपीका १ जना ५० बर्षीय कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यसै गरी आज नै इलाका प्रहरी कार्यालय धरानका ८ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमित हुनेहरूमा ४१ वर्षीय प्रहरी हवलदार, ३३ वर्षीय दुई प्रहरी, २५ वर्षीय २ प्रहरी, ३४ र २३ वर्षीय २ जना प्रहरी रहेका छन् । उनीहरू सबै पुरुष हुन् । 

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३ सय ८६ पुगेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए । धरानमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । धरान उपमहानगरपालिकामा अहिले सम्म ५२ जना विदेशबाट आएकाहरूमा सङ्क्रमण भएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६१ जना, नेपाली सेना ९१ जना र सबै भन्दा धेरै समुदायका मानिसहरू १ सय ७५ जनामा कोरोना सङ्क्रमण भएको छ । 

धरानमा कोरोना सङ्क्रमण समुदायमा छ की छैन रु भनेर मास टेस्टिङनै गरिएको भए पनि अहिले सम्म समुदायमा कोरोना सङ्क्रमण भएको हो की होइन रु भन्ने आधिकारिक जानकारी बाहिर ल्याइएको छैन । तर सङ्क्रमण दरलाई हेर्ने हो भने समुदायकै मानिसमा बढी सङ्क्रमण देखिएको छ । 

धरानमा अहिले सम्म १ सय ९० जनाले कोरोनालाई जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार अहिले सम्म धरान उपमहानगर भित्र मात्रै १ सय ९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यी मध्ये १ सय ४ जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा बसेका छन् । अहिले सम्म धरान उपमहानगरपालिकाको वडानं। २० मा कोरोना सङ्क्रमित फेला परेका छैनन् ।

 धरानमा पछिल्लो समय कोरोना संक्रमणदर निकै बढी देखिन थालेको छ । जब लकडाउन हटाइयो त्यस पछि झन् कोरोना सङ्क्रमित बढेको पाईएको छ । धरान उपमहानगरपालिका सुनसरीका अरू पालिकाको तुलनामा धेरै कोरोना सङ्क्रमित भेटिएको पालिका पनि भएको छ ।