धरानमा ३२ जना सहित आज सुनसरीमा ६७ जना कोरोना सङ्क्रमित थपिए

  • आश्विन ६, २०७७
  • ४९९ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : धरानमा ३२ जना सहित आज सुनसरी जिल्लामा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार आज धरान उपमहानगरपालिकामा १४ पुरुष सहित १८ महिला गरी ३२ जना, इटहरी उपमहानगरपालिकामा ७ महिला, ११ पुरुष सहित १८ जना र दुहबी नगरपालिकामा ५ महिला,१२ पुरुष गरी १७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज थपिएका ६७ जना सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १५३१ पुगेको छ । यी मध्ये ८७७ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ । बाँकी ६४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved