धरान : बैकबाट मोबाईल बैंकिङको एप्स मार्फत घरमै बसेर बैकबाट ऋण पाईने भएको छ । नबिल बैंकले ल्याएको योजना अन्तर्गत नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ताले घरमै बसेर ऋण आवेदन गर्न र ऋण प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराउने जनाएको छ ।

यो सुबिधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने छ ।

नबिल बैंक धरान शाखाका प्रबन्धक भरत थापाका अनुसार यसको लागि कुनै कागजी प्रक्रिया गर्नु नपर्ने तथा कुनैपनि धितो समेत आवश्यकता नपर्ने बताए ।
हाल १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जाल सञ्चालन गर्दै आएको नबिलको यो योजना नेपालमै पहिलो रहेको समेत थापाको दाबी छ ।