धरान : रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सी मेनेजरहरू सम्मानित भएका छन् ।

रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सको शाखा कार्यालयमा भएको सो कार्यक्रममा वरिष्ठ रिलायबल स्पेसल एजेन्सी तर्फ २४ जना, वरिष्ठ मेनेजर तर्फ दिलकुमार राई र रमिला श्रेष्ठ एजेन्सी मेनेजरहरू तर्फ एघार जना लाई सम्मान गरिएको छ ।

जसमा एजेन्ट अफ द एयर पारस राई, एजेन्ट अफ द मन्थ १२ जना रहेको धरान शाखा प्रमुख सोभित मान श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बिमा अभिकर्ताहरूलाइ बिमा तथा बिमा व्यवसायलाई कसरी अगाडी बढाउने जसबाट के फाइदा छ भन्ने बारेमा जानकारी गराउँदै एजेन्सी मेनेजरहरूलाई उत्साह जगाउन कार्यक्रम गरिएको बताए ।