६५ औं प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम

  • आश्विन २८, २०७७
  • ११८ पटक पढिएको
  • कपुरीन्यूज
alt

विराटनगर : ६५औ प्रहरी दिवस २०७७ को अवसर पारेर आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा रक्तदान कार्यक्रयम गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तरगतको क्षेत्रीय रक्त सेवा विराटनगरको उपस्थितिमा प्रहरीले रक्तदान गरेको हो । पछिल्लो समय कोभिड १९ का कारण देशैभर रगतको कमी भईरहेको बेला रक्तसञ्चार सेवामा रगत अभाव नहोस भन्ने हेतुले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान गरेको हो ।

रगत अभावका कारण विभिन्न अस्पतालमा पुर्याईएका बिरामीहरुको उपचारमा समेत समस्या भईरहेको बेला यस कार्यलयमा रक्तदानको कार्यक्रम चलिरहेकै समयमा कोशी अस्पताल बिराटनगरमा एक महिलालाई तत्काल रगत आवस्यक परेको जानकारी पाए लगत्तै रक्तदान स्थानबाटै उक्त बिरामी महिलाका लागी रगत उपलब्ध गराईएको थियो । 

रक्तदान कार्यक्रममा १०१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved