धरान : मोरङ जिल्लाको इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी नायव उपरीक्षक दिलीप गिरीले उत्कृष्ट व्यवस्थापकको पुरस्कार हात पारेका छन्।

६५औँ प्रहरी दिवस २०७७ का अवसरमा गिरीलाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले उक्त पुरस्कार प्रदान गरेको हो ।

कुशल क्षमता प्रदर्शन गरी प्रहरी सङ्गठनको छवि उच्च बनाई प्रशंसानिय कार्य गरेकोमा तथा व्यवस्थापकतर्फ अहोरात्र खटिएको मुल्याङकन गरेर प्रहरीहरूलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।

गिरीलाई विभागीय मूल्य मान्यता, आदेश तथा निर्देशनको पालना गरी व्यवस्थापकतर्फ वर्षकै उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ,

गिरी यस अघि पथरीका हुने चोरी तस्करी , फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएकाले २०७६ साल चैत महिनामा उत्कृष्ठ प्रहरी घोषित भएका थिए ।