धरान : धरान उपमहानगरपालिका वडा नं. १७ र ३ का २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धरान ३ का ७२ वर्षीय पुरुष मृतकलाई प्रतिष्ठानले धरान १८ भनेर सार्वजनिक गरेको भए पनि मृतक धरान १८ को नभई धरान ३ को भएको १८ नम्बर वडाध्यक्ष प्रवीण राईले बताए । 

यसै गरी अर्का धरान १७ का ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । 

धरानमा आज धरान १५ र ८ का २ जना होम आइसोलेसनमा बसेका सँगै अहिले साँझ २ जना गरी एकै दिन ४ जनाको मृत्यु भएको छ ।