विराटनगर : प्रदेश १ मा आज ८७० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ४४९, मोरङमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्बुमा ६, सङ्खुवासभा र तेह्रथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३६५ जनामा सङ्क्रमण देखिएको सङ्क्रमण पुष्टि भएकामा १६५ महिला र २०० पुरुष छन् । सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहबीमा ३–३, गढी, हरिनगर र बर्जुमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा २३२, सुन्दरहरैचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४–४, उर्लाबारी र कानेपोखरीमा ३–३, लेटाङ, कटहरी र मिक्लाजुङमा २–२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 उता झापाको बिर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४–४, दमक र हल्दीबारीमा ३–३,  कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २–२, बाह्रदशीमा  र गौरादहमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा सङ्क्रमण देखिएको छ ।

इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सूर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १–१, सोलुखुम्बुको सोलुदुधकुण्डमा ६, सङ्खुवासभाको मकालु र सिलिचोङमा १–१, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १  र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार ८५८ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमण्बाट ८ जनाको मृत्यु भएको छ । सुनसरीका ४ पुरुष, झापाका १ महिला १ पुरुष, मोरङका २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या १४४ पुगेको छ ।

प्रदेश १ मा आज १४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०३, होटल एशियाटिक आईसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार १८४ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४८ महिला र ५२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४८ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।