विराटनगर : प्रदेश १ मा आज ५१३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ६८ महिला र ९४ पुरुष छन् । मोरङको ग्रामथानमा १८, उर्लाबारीमा १४,  सुन्दरहैचामा १०, रंगेलीमा ५, बेलबारीमा ४, कानेपोखरी, कटहरी, पथरीशनिश्चरे र लेटाङमा ३–३, धनपालथानमा २, जहदा, सुनबर्षी र रतुवामाईमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ९१, इटहरीमा ७४, रामधुनीमा ६, दुहबीमा ३, इनरुवा, बराहक्षेत्र र गढीमा २–२ , देवानगञ्ज, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, बिर्तामोडमा १६,  मेचीनगरमा ५, कचनकवलमा ४, भद्रपुरमा ३, गौरादह, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २–२,बाह्रदशी, हाल्दिबारी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनकुटाको धनकुटा नगरपालिकामा ९ र साँघुरीगढीमा २, उदयपुरको बेलका र चौदण्डीगढीमा २–२, उदयपुरगढी, त्रियुगा र स्थानीय तह नखुलेका १–१, इलामको रोङ, सूर्योदय र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा २ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 प्रदेश १ मा आज २८ जना डिस्चार्ज भएका छन् । विराट मेडिकल कलेजबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार २०८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ८८७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३० महिला र २८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५० हजार ७५१ जना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।