धरान : धरान-१४ विजयपुरका एक पुरुषको शव धरान-४ स्थित पत्रङ्बारीको बसन्तटार जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छ ।

५५ वर्षीय धाम बहादुर पुलामीको शव हिजो जंगलको एक रुखमा प्लाष्टिकको डोरिको पासो लगाएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यस भन्दा अघि पनि उनले पटक पटक झुन्डिएर आत्महत्याको प्रयास गर्न हिडेको स्थानीयको भनाई छ।
पुलामीको शरीरमा पेटको अप्रेसनहरु २ पटक गरेको स्वास्थ्य अवस्था कमजोर रहेको परिवारजनको भनाइ छ । उनी घरमा नबस्ने हिडिरहने गर्थे ।

घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा एक प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाइ शवलाई पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।