धरान : प्रदेश १ आज ३८९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङको विराटनगरमा १०७ महिला र ११८ पुरुष गरी २२५ जनामा सङ्क्रमण देखिएको छ भने बेलबारीमा १ महिला, सुन्दर हरैचा नगरपालिकामा १ महिला र २ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथानमा १ पुरुष, लेटाङमा ४ महिला र २ पुरुष, रतुवामाईमा ३ महिला, बुढीगंगामा १ महिला र २ पुरुष, सुनवर्षीमा १ पुरुष, धनपालथानमा १ महिला र ४ पुरुष, जहदामा १ महिला र ५ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, उर्लाबारीमा ५ महिला र २ पुरुषमा सङ्क्रमण देखिएको छ ।

यसै गरी सुनसरीको धरानमा २१ महिला र २२ पुरुष गरी ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने इटहरीमा ४ महिला र ६ पुरुष, बराहक्षेत्रमा १ पुरुष, रामधुनीमा १ पुरुष, इनरुवामा ३ पुरुष, दुहबी र बर्जुमा पनि १, १ जना पुरुषमा सङ्क्रमण देखिएको छ ।

यसै गरी, झापाको दमकमा २ महिला र ९ पुरुष, गौरादहमा २ महिला र ८ पुरुष, बिर्तामोडमा २ महिलार ९ पुरुष, अर्जुनधारामा १ महिला र १ पुरुष, कन्काईमा १ पुरुष, कमल गाउँपालिकामा १ पुरुष, मेची नगरमा २ पुरुष, बाह्रदशीमा १ पुरुष, शिवसताक्षीमा १ पुरुष र ठेगाना नखुलेको १ जना पुरुषमा पनि सङ्क्रमण देखिएको छ ।

इलामको माई जोगमाई गाउँपालिकामा ६ पुरुष, इलाम नगरमा १ महिला, चुलाचुली गाउँपालिकामा १ पुरुष र १ जना ठेगाना नखुलेका महिलामा पनि सङ्क्रमण देखिएको छ ।

खोटांगमा १ जना ठेगाना खुलेका महिलामा सङ्क्रमण पुष्टि भएको छ भने सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा १ पुरुष, सङ्खुवासभाको चैनपुरमा १ पुरुष, तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा १ महिला, उदयपुरको त्रियुगा नगरपालिकामा १ महिला पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रदेश बाहिरका जिल्लाका ४ जनामा पनि सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी आज देशभर थप २२२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।