विराटनगर : प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३-३ र पाँचथरमा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २-२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १-१, स्थानीय तह नखुलेका ३, झापाको कनकाईमा १२, भद्रपुरमा ११, बिर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १-१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १-१, इलामको इलाम नगरपालिकामा २, माईजोगमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाँचथरको फिदिममा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ७६ पुगेको छ ।

प्रदेश १ मा आज ४७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार ६०७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश १ बाट आज ३६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ५८८ पुगेको छ ।