धरान : धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माईक्रोलोजि विभागलाई वासिङ् मेशिन सहयोग गरेको छ ।

आज धरान उपमहानगरका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रतिष्ठानका माईक्रोलोजि विभागलाई एलजि कम्पनीको वासिङ मेशिन हस्तान्तरण गरेका हुन् । एक लर्टमा ८० केजीसम्म कपडा धुन सक्ने यस वासिङ मेशिन प्रतिष्ठानको माईक्रोलोजि विभागलाई सहयोग गरेको भन्दै धरान उपमहानगरलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले धन्यवाद दिए ।

धरान उपमहानगरले उपलब्ध गएको वासिङ मेशिनले पिसिआर परीक्षण गर्दा प्रयोग गरिएको कपडालाई पुनः धोएर लगाउन ठुलो राहत मिलेको माईक्रोलोजि विभागका एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराईले बताए । हिजो मात्रै माईक्रोलोजि विभागलाई रोटरी क्लब विराटनगरले रियल टाइम पिसिआर मेशिन सहयोग गरेको थियो ।