विराटनगर : प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् ।

 सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहबी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १, झापाको दमकमा २२, बिर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बाह्रदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१  र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, केराबारी, रंगेली र ग्रामथानमा १–१ जनामा सङ्क्रमण देखिएको छ ।

उता इलामको सूर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, उदयपुरको त्रियुगा र बेलकामा १–१, ताप्लेजुङको फुङलिङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजेटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ८५९ पुगेको छ ।

प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ७६२ पुगेको छ । 

प्रदेश  १ मा आज ७७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८९ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।