धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना बृद्ध महिलाको मृत्यु भएको छ । 

प्रतिष्ठानको सूचना केन्द्रका अनुसार झापाको दमक-३ निवासी ८२ वर्षीय बृद्ध महिलाको उपचारको क्रममा आज बिहान ७:५० बजे मृत्यु भएको हो ।

मङ्सिर ७ गते कोरोना  सङ्क्रमण पुष्टि भएर सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएका मृतकमा मिर्गौलाको बिरामी रहेको प्रतिष्ठानले जनाएको छ । 

मृतकको शव नियम अनुसार व्यवस्थापनको तयारी भइरहेको बताइएको छ ।