विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ ।

प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र संखुवासभामा २-२, पाँचथर, धनकुटा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा २६, सुन्दरहरैचामा ८, बेलबारीमा ६, बुढीगंगा, केराबारी र सुनबर्षीमा २-२, रतुवामाई, पथरीशनिश्चरे, धनपालथान, कानेपोखरी, रंगेली र उर्लाबारीमा १-१, सुनसरीको इटहरीमा १५, धरानमा १०, बराहक्षेत्रमा ३, रामधुनीमा २, हरिनगर, दुहवी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ५, शिवसताक्षी, विर्तामोड र झापा गाउँपालिकामा ४-४, मेचीनगर र बुद्धशान्तिमा ३-३ र भद्रपुरमा २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको सुर्योदयमा ७, इलाम नगरपालिकामा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १-१, संखुवासभाको मकालु र खाँदबारीमा १-१, पाँचथरको कुम्बायक, धनकुटाको महालक्ष्मी र खोटाङको साकेलमा १-१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९५५ पुगेको छ ।

प्रदेश १ मा आज ६७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५४ महिला र ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९४ हजार ८३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।