धरान : उदयपुरमा लागुऔषधको डिलर सञ्चालन गर्दै आएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरका प्रहरी प्रमुख एसपी भीम दाहालका अनुसार पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ ट्याम्पु चौक बस्ने २१ वर्षीय सुसन राई रहेका छन् ।

उनले भारतबाट लागुऔषध खरिद गरेर उदयपुरमा बिक्री वितरण गर्दै आएको खुलेको छ । क्लियर उदयपुर नामको स्विप अप्रेसन अन्तर्गत उनी पक्राउ परेका हुन ।

राई पक्राउ पर्ना साथ उनीसँग १२ जना युवाको सक्रियता रहेकाले समूहको खोजतलास भइरहेको दाहालले जानकारी दिए ।

जलजले खटिएको प्रहरी टोलीले हिजो डाईजेल्याप २७ एम्पुल, फिनारगन २७ एम्पुल र लुपीजेसिस २७ एम्पुल गरी जम्मा ८१ एम्पुल लागुऔषध उनको साथबाट बरामद गरेको हो ।

उनलाई उदयपुर जिल्ल अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।