धरान : अहिले निक्कै नै चर्चित रहेकी गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा नयाँ गीत “ आँखा झिमिक्क कति धेरै राम्री हो “ रिलिज भएको छ ।

लिरिकल भिडियोको रूपमा गायक भविन ढुङ्गानाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ ।

कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियो काठमाडौँमा रेकर्ड गरिएको हो । रमाइलो पाराको गीतलाई चाँडै नै म्युजिक भिडियोको रूपमा समेत ल्याउने सङ्गीतकार तथा गीतकार उत्तम कार्कीले बताए । कविता तथा गीत लेखनमा सक्रिय कार्कीले पहिलोपल्ट आफ्नो गीत रेकर्ड गराएका हुन् ।