धरान : धरान-१० पुतली लाइनमा गोर्खा वाचको बिक्री कक्ष उद्घाटन भए सगैं गोर्खा ब्राण्डका घडीको बिक्रीको सुरुवात गरेको छ ।

कुमार एण्ड सन्सले धरानमा ५० लाख बराबरको लगानीमा गोर्खा वाचको विक्री कक्ष सञ्चालनमा ल्याएको हो।गोर्खा वाचको विक्री कक्षको उद्घाटन धरान उपमहानगरपालीकका मेयर तिलक राई र गोर्खा वाचका ब्राण्ड एम्बास्डर नायक सुशील श्रेष्ठले संयुक्त रूपमा गरे ।

ब्राण्ड एम्बास्डर श्रेष्ठले घडीको विशेषताबारे आफूले भन्नुभन्दा पनि गोर्खाको ब्राण्ड नै काफी भएको बताए।यो घडी सन् २०१५ मा बेलायतबाट निर्माण सुरु भएको हो ।

गोर्खाली नेपालीको त्याग र साहसलाई सम्मान गर्दै बेलायतको एउटा कम्पनीले ‘गोर्खा घडी’ उत्पादन थालेको थियो । सोही घडी धरानमा विस्तार गर्ने उद्देश्यका साथ शाखा शोरुम खोलिएको हो ।

गोर्खा ब्राण्ड अन्तर्गत बालबालिका, महिला र पुरुषका डिजिटल, स्मार्ट र एनालग घडीहरू पाइने उनले बताए।यसका साथै गोर्खा ब्राण्डकै अन्य लेदरका सामग्री, चस्मा, भित्ते घडी, ब्याग, ब्राण्डेड कपडा, टाई पिन, कलाकृतिहरू समेत पाइने इम्पोरियमले जानकारी दिएको छ । गोर्खा ब्राण्डकै खुकुरी आइटमहरू पनि यहाँ पाइनेछ।

Gorkha-next