धरान : मोरङको पथरी शनिश्चरे नगरपालिका १ बाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे १ का २३ वर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान साढे १० बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनी माथि थप प्रहरी अनुसन्धान भइरहेको छ ।