धरान : कोरोनाविरुद्ध खोप लगाउन छुटेका धरानका कक्षा १२ तथा सो भन्दा माथिका परीक्षा दिने तयारीमा रहेका परीक्षार्थी विद्यार्थीहरूलाई आज एस्ट्राजेनेका खोप लगाईदैछ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार यस भन्दा अघि धरानका कक्षा १२ तथा कलेजका परीक्षा दिन तयारी रहेका परिक्षर्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन छुटेकाहरूलाई आज खोप दिन लागिएको हो ।

धरानको छाताचोकस्थित पुरानो अस्पतालमा रहेको स्वास्थ्य चौकीमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म परीक्षार्थीहरूलाई खोप लगाइनेछ ।

यसअघि भदौ २१, २५ र २६ गते पनि निजी तथा सामुदायिक विद्यालय र कलेजका परीक्षार्थी विद्यार्थीहरूलाई एस्ट्राजेनेका खोप लगाइएको थियो ।

तीन दिनमा कुल ४ हजार ९ सय ४८ जनाले खोप लगाएका छन् । तर, कतिपय विद्यार्थीहरू उक्त दिन बाहिर गएको कारण खोप लगाउन छुटेको भन्ने धेरै गुनासो आएकोले पुनः एक दिन खोप लगाउन लागिएको मेहताले बताए ।

Khop