धरान : धरानको धार्मिक पर्यटकीय स्थल दन्तकाली क्षेत्रमा नेपाल टेलिकमको फोरजी बिटिएस सञ्चालनमा आएको छ । प्रविधिमैत्री बन्दै गएको टेलिकमले धरानको उच्च भाग मानिएको दन्तकाली क्षेत्रमा फोरजी सेवा सुरु गरेको हो ।

नेपाल टेलिकम धरानका प्रमुख विनोद कुमार यादवका अनुसार सो क्षेत्रमा टुजी र थ्रिजी सेवा मात्र भएकोले स्थानीयको माग बमोजिम फोरजी सुरु गरिएको हो । जसको कारण दन्तकाली पिण्डेश्वरको ५ सय मिटर आसपासका जनता लभान्वीत हुने उनले सुनाए ।

धार्मिक पर्यटकीय क्षेत्रमा उच्च गुणस्तरको इन्टरनेट सेवा प्रवाह हुने र त्यसको कारण पर्यटकहरूलाई सुविधा हुने उनको विश्वास छ । धरानका फोरजी उपलब्ध नभएको रेडियो नेपाल आसपासमा आगामी महिना सेवा सुरु गर्ने यादवको भनाई छ । टेलिकम निर्देशनालय प्रदेश १ र धरानको सक्रियतामा छोटो समयमै बिटिएस सञ्चालनमा आएको हो ।