धरानमा १८ सहित प्रदेश १ मा ३२० जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

  • आश्विन ६, २०७८
  • ३२६ पटक पढिएको
  • कपुरी न्युज
alt

विराटनगर : धरानमा १८ जना सहित प्रदेश १ मा ३२० जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा २, धनकुटा, सङ्खुवासभा र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा ५२, पथरीशनिश्चरेमा १५, बेलबारीमा ८, रतुवामाई र लेटाङमा ५-५, सुन्दरहरैचामा ३, सुनबर्षी, उर्लाबारी, मिक्लाजुङ, धनपालथान र कटहरीमा १-१, झापाको बिर्तामोडमा २०, दमकमा १७, कनकाईमा १०, शिवसताक्षी र अर्जुनधारामा ८-८, भद्रपुरमा ६, मेचीनगरमा ५, बुद्धशान्तिमा ४, झापा गाउँपालिकामा १, सुनसरीको इटहरीमा २८, धरानमा १८, रामधुनी र इनरुवामा १-१, धनकुटाको पख्रिबास, सङ्खुवासभाको चैनपुर र तेहृथुमको म्याङ्लुङमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १७४ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved