इटहरी : इटहरी उपमहानगरपालिकामा बजार अनुगमन तीव्र बनाइएको छ ।

इटहरी बजारको बसपार्क छिर्ने लाइनका मासु पसलको अनुगमन गर्दा कुनै पसलमा पनि मूल्य सूची नभएको पाइएको छ ।

उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा बजार अनुगमन गरिएको हो । उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो ।

सात वटा मासु पसल अनुगमनका क्रममा एउटा पसलवाट तीन केजी पुरानो वोसो जफत गरी नष्ट गरिएको छ । दुई वटा पसलले व्यवसाय नवीकरण नगरेको भेटिएको छ । यस अघि अनुगमन गरिएका मासुपसलहरुमा सुधार भएको पाइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए ।

अनुगमनका क्रममा मासु पसलले पालना गर्नुपर्ने मापदण्डका बारेमा जानकारी गराइएको र अर्को पटक अनुगमन गर्दा मापदण्ड पालना नगरेको पाइए कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने शाखा प्रमुख भट्टराईले जानकारी दिए ।

Bazar-anuganman