धरान : धरानको विजयपुर यति बेला नौरथामय भएको छ ।

धरानको विभिन्न स्थानबाट नौरथा आएका भक्तजनहरूको बिहान बिहान विजयपुरको दन्तकाली र बुढासुव्वामा घुइँचो लाग्न थालेको छ ।

Nauratha-9

विगत २ वर्ष सम्म कोरोना महामारीको कारण सुनसान रहेको विजयपुरको दन्तकाली मन्दिरमा यो वर्ष भने निकै चहलपहल बढेको छ । दन्तकाली मन्दिर नेपालको शक्तिपिठहरु मध्येको एउटा शक्तिपिठ भएकोले पनि यहाँ नवरात्रमा दर्शन गर्नु र पूजापाठ गर्नु विशेष मानिन्छ ।

Nauratha-11

विजयपुरको दन्तकालीमा पूजा र दर्शन गर्न आउने भक्तजनहरू बुढासुब्बा मन्दिरमा पनि दर्शन गर्न जाने भएकोले विजयपुरनै यति बेला नौरथामय हुन थालेको छ ।

विजयपुरका विभिन्न ठाउँमा स्थानीयले नौरथा आउनेहरूलाई लक्षित गरी लिङगेपिङ राखेपछि झन् पिङ खेलेर रमाइलो गर्नेहरू पनि बढेका छन् ।

तस्बिरहरू : प्रतीक बान्तावा राई 

Nauratha-1 Nauratha-2 Nauratha-3 Nauratha-10 Nauratha-4 Nauratha-5 Nauratha-7 Nauratha-12