विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५५, मोरङमा ४६, सुनसरीमा २७, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा ११, भद्रपुर र मेचीनगरमा ८-८, दमकमा ७, कनकाई र अर्जुनधारामा ६-६, झापा गाउँपालिकामा ३, गौरादह, कचनकवल, बुद्धशान्ति, बाहृदशी, शिवसताक्षी र कमल गाउँपालिकामा १-१, मोरङको विराटनगरमा २५, बेलबारीमा ७, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचा र बुढीगंगामा ३-३, कटहरी, कानेपोखरी, मिक्लाजुङ र रतुवामाईमा १-१, सुनसरीको इटहरीमा १९, धरानमा ४, रामधुनीमा २, गढी र इनरुवामा १-१, इलामको इलाम नगरपालिका, देउमाई र रोङमा १-१ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९३ महिला र ७२ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।